२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

रास्वपा टोखाको नगर सभापतिमा सूर्यप्रसाद काफ्ले चयन

शनिवार , भाद्र १४, २०८२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टोखा नगरको प्रथम नगर अधिवेशनले सूर्य प्रसाद  काफ्लेलाई सभापति चयन गर्दै सफलतापूर्वक सम्पन्न भएको छ ।

अधिवेशनले १३ सदस्यीय कार्यसमितिको गठन गर्दै आगामी कार्यदिशा तय गरेको छ । कार्यक्रममा प्रमुख अतिथि रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले, विशेष अतिथि केन्द्रिय महामन्त्री कविन्द्र बुर्लाकोटी, पूर्व शिक्षा मन्त्री शिशिर खनाल, केन्द्रिय सदस्य रामकृष्ण भट्टराई , बागमति प्रदेश समिति सभापति डा. अचुतम लामिछाने लगायतका नेताहरूले सम्वोधन गर्नुभएको  थियो ।

समारोहको सुरुवात पच्चे बाजा बजाएर ऐतिहासिक टोखा बजार घुमाउदै अतिथिहरूलाई स्वागत गरिएको थियो ।  अधिवेशनले उपसभापतिमा केशु पन्त गौतम, सचिवमा किरण बर्तौला,सहसचिवमा गंगा गुरुङ्ग, सदस्यहरूमा नन्दलाल अधिकारी, रघुनाथ केसी,श्रीहरी अधिकारी,गोमा श्रेष्ठ,शिशिर खत्री,भुवन शर्मा,सुधा खडका,राधा कुमारी सापकोटा,पुनम दर्नाल लाई निर्विरोध रुपमा चयन गरेको निर्वाचन समिति संयोजक तथा राष्ट्रिय स्वतन्त्र पाटी बागमति प्रदेश सचिवालय सदस्य शिव थापाले बताए ।

यसैगरि सोही अधिवेशनले जिल्ला अधिवेशन प्रतिनिधिहरूमा अम्बर बहादुर पौडेल,यादव रेग्मी, सृजना अधिकारी,भोज बहादुर केसी प्रदेश अधिवेशन प्रतिनिधिहरूमा राधा पोखरेल, ख्याम बहादुर भारती महाधिवेशन प्रतिनिधिहरूमा दयाराम अधिकारी र चोप बहादुर पाण्डे क्षेत्री चयन गरेको छ ।

कार्यक्रमाका प्रमुख अतिथि डा. स्वर्णिम वाग्लेले २०८४ पछि कस्तो सरकार बनाउने तयारी रास्वपाले अहिलेबाटै शुरु गरेको बताएका  छन । यसैगरी, केन्द्रिय महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी सभापति रवि लामिछानेको धरौटी तिरेर हिरासत बाहिर बस्न खोजेको बारेमा स्पष्ट पार्दै भने, उहाँ त जनताको प्रतिनिधि हो र जनताको हकहितमा काम गर्न चाहनुहुन्छ । उनले देश बनाउन राष्टिय सम्वृद्धिको निति, कार्यक्रम र संकल्प सहित पार्टि अघि बढीरहेको समेत बताए ।

अधिवेशनको सफलतापूर्वक समापनसँगै रास्वपाले भविष्यमा जनताका लागि थप सक्रियता र समर्पणको साथ काम गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट