२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

रास्वपाले रुपन्देही-३ को उपनिर्वाचन उम्मेदवार सार्वजनिक गर्दै, आजै आकांक्षी उम्मेदवारहरु रविलाई भेट्न जाँदै

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको उम्मेदवार सार्वजनिक गर्दैछ ।

दिउँसो साढे १ बजे सचिवालयपछि उम्मेदवारको नाम सार्वजनिक गर्ने जनाएको छ। उपनिर्वाचनका लागि सुलभ खरेल, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी छन् । सम्भावित उम्मेदवारको रुपमा सुलभ खरेलको नाम बढी चर्चामा छ ।

आकांक्षीहरुमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्सन गरेको थियो । अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएको व्यक्तिलाई उम्मेदवार घोषणा गर्ने रास्वपाले जनाएको छ ।

यसैबीच रास्ववाका आकांक्षी उम्मेदवारहरु आज बिहान ९ बजे पार्टी सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाँदै छन् । उनीहरुले लामिछानेलाई सामूहिक रुपमा भेट्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट