२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

डा.कैनीको अध्यक्षतामा 'नेपाली फर लेबर' गठन

आइतवार , भाद्र १५, २०८२

लन्डन । बेलायतमा डा. बच्चु कैलाश कैनीको अध्यक्षतामा लेबर पार्टीको शुभेच्छुक संस्थाको रूपमा 'नेपाली फर लेबर' गठन भएको छ।

नवगठित उक्त संस्थाको उपाध्यक्षमा विकास चुँडाल, सचिवमा सोलिसिटर दीपक भट्टराई र कोषाध्यक्षमा अंकिता ढकाल छन् । यसै गरी सदस्यहरूमा जीत रानाभाट, पुण्य रेग्मी, लक्ष्मी गुरुङ, राजन खकुरेल, राम बगाले, कृष्ण भण्डारी, विपिन निरौला र दिनेश घिमिरे छन्।

बेलायतमा कुनै एक राजनीतिक दल आबद्ध एक समुदाय वा कुनै देशका प्रवासी समुदायका मानिसहरू मिलेर आफ्नो राजनीतिक दल निकट शुभेच्छुक संस्था बनाउने प्रचलन छ। बेलायतमा उल्लेख्य सङ्ख्यामा लेबर पार्टीका सदस्य र शुभेच्छुक रहको अनुमान गरिएको छ। बेलायतमा नेपाली मूलका १० भन्दा बढी व्यक्तित्व लेबर दलको सदस्य हुँदै स्थानीय निकायमा जनप्रतिनिधि समेत चुनिएका छन्।

यो संस्थामा बेलायतमा बसोबास गर्ने नेपाली, जो बेलायतको लेबर पार्टीको सदस्य वा शुभेच्छुक छन्, उनीहरू जोडिन र आबद्ध हुन सक्ने छन्। यो संस्थाको उद्देश्य लेबर पार्टीमा सामेल हुन र सक्रिय रूपमा भाग लिन नेपालीहरूलाई प्रोत्साहित गर्ने, नेपाली समुदायमा लेबर पार्टीको लागि चुनावी समर्थन बढाउने, नेपाली समुदायको चासोका विषयहरू लेबर पार्टी भित्र प्रवर्द्धन गर्ने, स्थानीय, क्षेत्रीय र राष्ट्रिय चुनावमा नेपाली प्रतिनिधित्वलाई समर्थन र प्रवर्द्धन गर्ने र लेबर पार्टी भित्र नेपाल-बेलायत सुदृढ सम्बन्धको वकालत गर्ने रहेको डा. कैनीले बताए ।

बेलायतको सत्तारुढ लेबर पार्टीका सदस्य र शुभेच्छुकहरू यो संस्थामा आबद्ध हुन सक्ने डा कैनीले जानकारी दिए। छिट्टै कार्यसमितिको बैठक बसेर कार्यसमिति विस्तार गर्नुका साथै विभिन्न विभागहरू पनि गठन गरिने डा कैनीले बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट