२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

गैरआवासीय नेपालीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्छ : अध्यक्ष लिङ्देन

आइतवार , भाद्र १५, २०८२

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गैरआवासीय नेपालीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् ।

पार्टीको जिल्ला कार्यसमितिद्वारा आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले विदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई नेपालको समृद्धिमा जोड्नका लागि उनीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्ने तर्क गरे ।

उनले भने, “नेपाल बाहिर पनि नेपाल छ, प्रवासका रहेका नेपाली भूगोलभन्दा बाहिर छन् । उहाँहरुलाई पनि नेपालको चिन्ता छ ।”

विसं २०६३–६३ को राजनीतिक परिवर्तनपछि आएको नागरिकता ऐनको संशोधनमा दोहोरो नागरिकता राख्न नपाउने प्रावधानले विदेशमा कमाउन, अध्ययन गर्न र रोजगारीको खोजीमा पुगेका वंशजका नेपाली नागरिकलाई ठूलो असर पुर्याएको उनको भनाइ छ ।

“अवसरको खोजी र उच्च शिक्षाका लागि विभिन्न देश पुगेका नेपालीले सम्बन्धित देशकै नागरिकता लिएका हुन्”, उनले भने, “दीर्घकालीन रुपमा काम गर्ने हो भने उताको देशले नागरिकता लिनुपर्छ भनेको हो ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट