काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रास्वपाबाट रूपन्देही–३ का ९ जना आकांक्षीहरुले नक्खु कारागारमै पुगेर भेटेका छन् ।
रूपन्देही–३ मा कार्तिक १७ मा हुने उप–निर्वाचनको लागि उम्मेद्वार चयन प्रक्रियाको आज अन्तिम दिन उनीहरुले रविलाई कारागार पुगेर भेटेका हुन् ।
रूपन्देही–३ मा हुन् उप–निर्वाचनका लागि रास्वपाका नौ जना आकांक्षीमध्येबाट एक जनालाई रास्वपाले आजै उमेदवार घोषणा गर्दैछ ।
रास्वपाबाट रूपन्देही–३ को उमेदवारका लागि कुसुम महर्जन, मधु अर्याल, सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा। लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस