काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरेका छन् । उनीहरूबीच आइतबार थियानजिनमा भेटवार्ता भएको हो ।
भेटको तस्बिर ट्विटरमार्फत सार्वजनिक गर्दै मोदीले लेखेका छन्, ‘थियानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुसी लाग्यो । भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्त विशेष छ ।’
शनिबार प्रधानमन्त्री ओलीले सी चिनफिङसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस