काठमाडौं । राजसंस्थाको समर्थनमा गठित संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजकमा डा.धवलशम्शेर राणा तोकिएका छन् ।
समितिका संयोजक नवराज सुवेदीले उनलाई कार्यवाहक संयोजकको जिम्मेवारी दिएका हुन् । उनी पारिवारिक कामले आज अष्ट्रेलिया प्रस्थान गर्दैछन् । देश बाहिर जाने भएपछि सो अवधिमा समितिको सम्पूर्ण जिम्मेवारी उनले राप्रपाका महामन्त्री समेत रहेका डा। राणालाई दिएका हुन् ।
डा. राणालाई कार्यवाहकको अधिकार दिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘म केही समय देश बाहिर हुनेछु । म देश बाहिर रहुन्जेल, मेरो अनुपस्थितिमा मैले गर्दै आएको सम्पूर्ण जिम्मेवारी कार्यवाहक संयोजकको रुपमा निर्वाह गर्न आन्दोलन परिचालन समितिका संयोजक मा। डा। धवलशम्सेर राणालाई अख्तियारी दिएको छु ।’
संयुक्त जनआन्दोलन समितिले संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्रको पुनः स्थापनाका लागि आन्दोलन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस