२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

विद्या भण्डारीको सदस्यता रोक्न मिल्दैन, कोही व्यक्तिलाई पार्टीमा काम गर्न संविधानले निषेध गर्दैन : सुरेन्द्र पाण्डे

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्न नमिल्ने बताएका छन् । सेन्टर फर पब्लिक पोलिसि रिसर्चद्वारा राजधानीमा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवादमा उनले यस्तो बताएका हुन् । उनले विद्याबारे आफूहरूको फरक मत अपानीमा समावेश नभएपछि पार्टीको छलफलको विषय बनाउन माग गरेर निवेदन दिएको बताउँदै विधान महाधिवेशनमा यो विषय छलफलमा लाने बताए । उनले विधान महाधिवेशनमा आउने प्रस्तावहरूमा पनि विमतिलाई समेटेर नगए फरक मत राख्ने बताए ।

पार्टी सदस्य बन्नासाथ अध्यक्ष नै भइहाल्छ कि भन्ने लिन नहुने पनि उनले बताए ।

साथै, कोही व्यक्तिलाई पार्टीमा काम गर्नको लागि संविधानले निषेध नगर्ने उनको भनाई छ । उनले पार्टीमा स्थापित मूल्य र मान्यताभित्र बसेर यो बहसलाई निष्कर्षमा पुर्‍याउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट