गोरखा । काठमाडौंबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस भीमसेन थापा गाउँपालिका-३ मा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेकाले रिफर गरिएको आरुघाट आधारभूत अस्पतालले जनाएको छ । गम्भीर घाइते हुनेहरुमा भारत बिहारका अलि आलम, जग बहादुर थापा मगर (चालक), आरुघाट–६ गोरखाका दिपक गुरुङ र सहचालक दुर्गा बहादुर खत्री रहेका छन् । सामान्य घाइते अन्य १७ जनाको आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
बस रुखमा अड्किँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको बसमा सवार यात्रुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस