२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

अध्यक्ष प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के भयो छलफल ?

मंगलवार , भाद्र १७, २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

मंगलबार साँझ उनीहरूबीच नेकपा एसको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव राजकुमार भट्टराईका अनुसार उक्त दुई नेता बीचको भेटमा समाजवादी मोर्चालाई सक्रिय बनाउने र बाम एकताका लागि पहल गर्ने लगायतका विषयमा छलफल भएको छ ।

साथै भेटमा समसामयिक र राजनीतिक विषयमा छलफल भएको छ ।

भेटवार्तामा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे लगायत सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट