२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

अमेरिकाबाट ३७ नेपाली डिपोर्ट, बुधबार चार्टर विमानमार्फत काठमाडौं ल्याइँदै

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । अमेरिकामा रहेका ३७ नेपाली डिपोर्टमा परेका छन्। अमेरिकाले डिपोर्टमा परेका नेपालीहरुलाई बुधबार चार्टर विमानबाट काठमाडौं ल्याउने भएको हो।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार चार्टर विमानबाट उनीहरुलाई नेपाल पठाउने सूचना आएको हो। अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेपछि दुई सय बढी नेपाली डिपोर्टमा परिसकेका छन्।

बुधबार अमेरिकाले ‘उडान नम्बर एन८२८एएक्स’ जहाजबाट अवैध रुपमा बसोबास गरेका ३७ नेपाली नेपाल पठाउन लागेको हो। ट्रम्प प्रशासनले कागजबिहीन आप्रवासीलाई सुरुमा स्वदेश फर्किन अनुरोध गरेको थियो। अनुरोध अस्वीकार गर्नेहरुलाई खोजीखोजी डिपोर्ट गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट