२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी–खाँणसहितको मुद्दाको आजदेखि अन्तिम सुनुवाइ हुँदै

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न अभियोग लागेका एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँणसहित ३१ जनाविरुद्ध दायर मुद्दामा आजदेखि जिल्ला अदालत काठमाडौँमा अन्तिम बहस सुरु भएको छ।

दुई वर्षदेखि विचाराधीन रहँदै आएको उक्त मुद्दालाई अदालतले साप्ताहिक पेशी सूचीमा राखेर अन्तिम चरणको सुनुवाइ प्रक्रिया अघि बढाएको हो। रायमाझीका कानुन व्यवसायीका अनुसार कुनै अप्रत्याशित कारण नआएमा अब मुद्दा टुंग्याउने अपेक्षा गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले १० जेठ २०८० मा ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। पछिल्लो पूरक अभियोगपछि प्रतिवादी संख्या ३१ पुगेको छ।

मुद्दामा संलग्न भनिएका प्रमुख अभियुक्तहरूमा पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्व गृहमन्त्री खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत रहेका छन्।

सुरुमा जाहेरीदाताको रुपमा गजेन्द्र बुढाथोकीको उजुरीका आधारमा अनुसन्धान थालिएको थियो। त्यसपछि दाफुरी शेर्पा र अन्य पीडितका उजुरीपछि पूरक मुद्दा दर्ता गरिएको हो।

शरणार्थीका नाममा ठगी गर्ने योजनामा संलग्न भनिएका बिचौलिया, कर्मचारी, र गैर–राजनीतिक व्यक्तिहरू पनि प्रतिवादी बनाइएको छ।

मुद्दाको अन्तिम बहस सुरु भएपछि अब लामो समयदेखि सार्वजनिक चासोको विषय बनेको यो प्रकरणको कानुनी टुंगो लाग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट