काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले लामो समयदेखि संसद बैठक बहिस्कार गर्दै आएका छन् ।
सभा सुरु भएलगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।
त्यसपछि रास्वपाका हरि ढकालले आफ्नो भनाई राखे । त्यस्पछि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही बोलेका थिए ।
दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू संसद् बैठक कक्षबाट बाहिरिए ।
प्रतिक्रिया दिनुहोस