२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

जुम्लाको स्याउ ल्याउँदा घुस मागेको भन्दै ज्ञानेन्द्र शाहीले गराए गृहमन्त्रीको ध्यानाकर्षण

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्लामा फलेको अर्ग्यानिक स्याउलाई विदेशी स्याउले बजारीकरणमा असर पारेको बताएका छन् ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै उनले सकभर एक/दुई महिनाका लागि विदेशी स्याउ रोक्न सरकारलाई आग्रह गरे ।

साथै, उनले जुम्लाका किसानले काठमाडौँमा अर्ग्यानिक स्याउ ल्याउन लाग्दा प्रहरीले ठाउँठाउँमा सय रुपैयाँसम्म घुस मागेको भन्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराए ।

उनले भने, ‘जुम्लाबाट स्याउ ल्याएको हो, अफिम होइन । ठाउँ ठाउँमा प्रहरीले चेक गरेर १०० रुपियाँसम्म घुस मागिरहेको छ । सभामुखमार्फत गृहमन्त्रीलाई जानकारी गराउन चाहन्छु ।’

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट