२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय फिर्ता गर्न सांसद नेम्वाङको माग

बुधवार , भाद्र १८, २०८२

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णय फिर्ता गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले जनतालाई थप सास्ती, हैरानी र झन्झटमात्र बढाएको भन्दै इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णयमा आपत्ति जनाएका हुन् ।

सांसद नेम्वाङले आवश्यक पूर्वाधार प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अगाडि बढाउन माग गरे ।

उनले गाडी किन्नासाथ उच्च कर, हरेक वर्ष अनिवार्य बिमा, सडक कर तिर्न लामो लाइन र लाइसेन्स बनाउन फारम, परीक्षा र लामो प्रतीक्षा झेलेका जनताले इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले थप सास्ती, हैरानी र झन्झट व्यहोर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट