काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको क्रममा लिपुलेकबारे गम्भीरतापूर्वक आपत्ति जनाएको बताएका छन् ।
उनले आज प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधामन्त्री ओलीले लिपुलेकबारे कुरा उठाएर देशभक्त नेपालीहरूको आवाजको प्रतिनिधित्व गरेको बताए ।
उनले अन्तर्राष्ट्रिय रूपमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भन्ने कुरा उठाएको बताए ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपतिसँग नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा स्पष्ट रुपमा आपत्ति रहेको कुरा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस