काठमाडौं । सरकारले दिएको समय सकिँदै गर्दा कुनै पनि सामाजिक सञ्जाल सम्पर्कमा आएका छैनन् । सरकारले फेसबुक कम्पनी मेटा लगायतका सामाजिक सञ्जाललाई दर्ताको लागि समयसीमा दिएको थियो ।
उक्त समयसीमा आज (बुधबार) सकिन लागेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार बुधबार कार्यालय समयसम्म कुनै पनि सामाजिक सञ्जाल दर्तामा वा सम्पर्कमा समेत आएका छैनन् ।
सरकारले दर्तामा नआए सम्पूर्ण सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णय गरेको छ । गत साता बसेको मन्त्रिपरिषद् बैठकले दर्ता नगर्ने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस