२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको तयारी

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाललाई सूचीकरणका लागि दिएको सात दिनको म्याद बुधबार मध्यरातिदेखि सकिएको छ। अब फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर (एक्स) लगायत लोकप्रिय प्लेटफर्मले सूचीकरणको लागि निवेदन नदिएको भन्दै सरकारले चरणबद्ध रूपमा बन्द गर्ने तयारी गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार सूचीकरणमा नआएकाबारे आज मन्त्रीस्तरीय निर्णय हुनेछ। “समयसीमा सकिएको छ, अब निवेदन नदिएकाहरुलाई क्रमशः निष्क्रिय बनाइनेछ”।

नेपाल सरकारले सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण र नियमन गर्ने उद्देश्यले गत वर्ष सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका २०८० जारी गरेको थियो। सो निर्देशिकाअनुसार नेपालमा सञ्चालन हुने सबै प्लेटफर्मले सूचीकृत भई अनुमतिपत्र लिनुपर्ने र हरेक तीन वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ।

हालसम्म टिकटक, भाइबर, निम्बुज, विटक र ओपोलाइट सूचीकरण भइसकेका छन् भने टेलिग्राम र ग्लोबल लिंक दर्ता प्रक्रियामा छन्। तर प्रमुख सामाजिक सञ्जाल फेसबुक र युट्युबले भने अहिलेसम्म औपचारिक निवेदन दिएका छैनन्।

२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । त्यसैका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १२ भदौमा सूचना जारी गर्दै फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर (एक्स), लिंक्डइनलगायतलाई दर्ता हुन आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट