२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

एनआरएनए महासचिवमा पारसमणि पोखरेलको उम्मेदवारी

बिहिवार , भाद्र १९, २०८२

टोकियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी २५–२७ कार्यकालका लागि पारसमणि पोखरेलले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

पदसँगै जिम्मेवारी र प्रदर्शन जरुरी रहेको उनले उल्लेख गर्दै, परिवर्तन र परिस्कृत एनआरएनए निर्माणमा आफ्नो नेतृत्व आवश्यक रहेको बताएका छन्।

पोखरेल अघिल्लो कार्यकालमा एनआरएनए जापानका अध्यक्ष भइसकेका छन्। संसारकै पहिलो क्षेत्रीय समिति मानिने जापानको नागोया क्षेत्रीय समितिका संस्थापक संयोजकसमेत रहेका उनले हाल केन्द्रीय सचिवको जिम्मेवारी सम्हालिरहेका छन्। १२ वर्षअघि अध्यक्ष भएर नेतृत्व सम्हालेका पोखरेल संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोभन्दा दुई वर्ष कान्छो उमेरमै यस अभियानमा प्रवेश गरेका थिए।

भ्रमणमार्फत प्रवासी नेपालीसँग नजिकिँदै आएका पोखरेल हालै अमेरिका र क्यानाडाको यात्रा सकेर फर्किएका छन्। निकट भविष्यमा उनले मलेसिया र मध्यपूर्व भ्रमण गर्ने तयारी गरेका छन्।

उनले सार्वजनिक गरेको घोषणापत्रमा पारदर्शी र जवाफदेही संस्था, युवा तथा महिलाको सहभागिता, प्रविधि–मैत्री प्रणाली, राजनीतिक निर्लिप्तता, संस्थागत सुधार, गुणस्तरीय कार्यक्रमलगायत प्राथमिकता समेटिएका छन्।

साथै, प्रवासी सीपलाई नेपाल विकाससँग जोड्ने, आकस्मिक सहयोग कोषलाई सबल बनाउने, लगानी र उद्यमशीलतालाई प्रोत्साहन गर्ने, शिक्षा तथा युवा नेतृत्व विकास गर्ने र गैरआवासीय नागरिकताको अधिकार सुनिश्चित गर्ने कार्यक्रमलाई समेत अघि सारेका छन्।

उनको नारा “सशक्त प्रवासी, सम्पन्न नेपाल-परिवर्तन अनि परिस्कृत एनआरएनए” रहेको छ। समर्थकहरूले पोखरेललाई “स्पष्ट भिजन भएका नेता” भन्दै उनको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट