२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा जारी

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

उक्त बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयबारे छलफल हुनेछ ।  बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माका पछिल्ला अभिव्यक्तिबारे पनि छलफल हुनेछ ।

त्यस्तै, माओवादीले मध्यपहाडी पुष्पलाल लोकमार्ग–जनजागरण अभियान पुनः सञ्चालन गर्ने तयारी गरेको छ ।

गत साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले पार्टीभित्रको गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट