२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

हतारमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय नगर्न रास्वपाको आग्रह

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेसबुकलगायतका सामाजिक सञ्जाल हतारमा बन्द गर्ने निर्णय नगर्न सरकारलाई आग्रह गरेको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा पार्टीका तर्फबट बोल्दै रास्वपाका सांसद् अशोककुमार चौधरीले सो आग्रह गरेका हुन् ।

उनले हतारमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको तयारी जनहित विपरीत रहेको बताउँदै यसका लागि वार्ता र रणनीति आवश्यक रहेको बताए ।

‘सामाजिक सञ्जाल व्यवस्थित गर्नुपर्छ । दर्ता गरेर नियमनमा ल्याउनुपर्छ । यसका लागि वार्ता र रणनीति अपनाउनुपर्छ । हतारमा बन्द गर्ने होइन,’ उनले भने, ‘तर, सरकार एक हप्ता र दुई हप्ताको धम्कीको शैलीमा उत्रिएको छ । यो जनहित विपरीत छ ।’

उनले नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९० प्रतिशत नाघिसकेको र लाखौंको रोजगारी र व्यवसाय सामाजिक सञ्जालसँग समेत जोडिएको स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट