काठमाडौँ । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडालाई उम्मेदवार बनाउने भएको छ ।
यसअघि खतिवडा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिए ।
कुलिङ अफ पिरियडको गडबडीका सम्बन्धमा प्रतिवेदन आएपछि उनले राजीनामा दिएका थिए । ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्याएपछि उनले राजिनामा दिएका थिए ।
त्यसपछि राज्य व्यवस्था समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्वाचित भइसकेकी छन् ।
प्रतिक्रिया दिनुहोस