काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय स्थायी नभएको बताएका छन् ।
उनले सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्कमा आएलगत्तै पुनः सुचारु गरिने जानकारी दिए ।
उनले नेपालमा सामाजिक सञ्जाल सूचीकरण गर्न १ पैसा पनि नलाग्दा पनि अटेरी गरेको बताए।
मन्त्री गुरुङले सरकारको तर्फबाट पटक-पटक सूचना जारी गर्दा पनि सम्बन्धित कम्पनीले बेवास्ता गरेकाले यस्तो बाध्यात्मक अवस्था आएको बताए । “सूचीकृत भइसकेका र प्रक्रियामा रहेका प्लेटफर्मलाई बन्द गरिएको छैन,” उनले भने ।
प्रतिक्रिया दिनुहोस