काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भएका छन् ।
बिहीबार दिउँसो २–४ बजेसम्म दिएको समयावधिमा खतिवडाको एकल उमेदवारी परेको छ ।
राज्यव्यवस्था तथा सुशासन समिति सभापति बन्न भदौ १० गते ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
कुलिङ अफ पिरियडको गडबडीका सम्बन्धमा प्रतिवेदन आएपछि उनले राजीनामा दिएका थिए । ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्याएपछि उनले राजिनामा दिएका थिए ।
त्यसपछि राज्य व्यवस्था समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्वाचित भइसकेकी छन् ।
प्रतिक्रिया दिनुहोस