२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

पत्रकार महासंघले भन्यो : ‘सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउँछ’

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ । महासंघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यस्तो निर्णयले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने महासंघले बताएको छ ।

महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखिनै बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने देखिएकोले सरकारी निर्णयप्रति महासंघ असहमति जनाउँदछ, कुनै विकल्पबिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउनेमात्र नभई नागरिकको सूचनाको हक समेत प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेकोमा महासंघ आश्चर्य प्रकट गर्दछ ।’

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट