काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने भएको छ ।
२६ सामाजिक सञ्जालहरुमा फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्विटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कार्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, विच्याट, क्योरा, टम्बलर, क्लबहाउस, म्यास्टोडन, रम्बल, मिवि, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो छन् ।
सर्वोच्च अदालतले दिएको आदेशमा टेकेर सरकारले गत ९ गते कम्पनीहरुलाई मन्त्रालयमा सूचीकरण हुन ७ दिन समय दिएको थियो ।
तर सरकारले दिएको उक्त समयसीमा भित्र कुनै पनि सूचीकरणमा आएनन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय स्थायी नभएको बताएका छन् । उनले सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्कमा आएलगत्तै पुनः सुचारु गरिने जानकारी दिएका छन् ।
मन्त्री गुरुङले सरकारको तर्फबाट पटक–पटक सूचना जारी गर्दा पनि सम्बन्धित कम्पनीले बेवास्ता गरेकाले यस्तो बाध्यात्मक अवस्था आएको बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणको पत्र:

प्रतिक्रिया दिनुहोस