२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गर्दै गोकुलले भने : ‘विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन’

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा आपत्ति जनाएका छन् । बास्कोटाले सामाजिक संजाल फेसबुकमार्फत सरकारको सो निर्णयको विरोध गरेका हुन् ।

उनले आफूले नियमन कानुन बनाउने भनेको बताउँदै सरकारले नर्थ कोरिया बनाउन खोजेको बताएका छन् ।

उनले लेखेका छन्, ‘नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले । तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ । विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि ।’

सरकारले आजैबाट नेपालमा सूचीकरण नभएका फेसबुकसहित सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय गरेको छ । त्यसलगत्तै बास्कोटाले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट