२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम सार्वजनिक

आइतवार , जेठ ३१, २०८३

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजित नगरसभाको १९ औँ अधिवेशनमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । 

महानगरले आगामी आर्थिक वर्ष पनि सांस्कृतिक सहर, समृद्ध महानगरको नारालाई आत्मसाथ गर्दै आफ्ना भावी योजनाहरू अगाडि सारेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक प्रमुख डंगोलले काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई मुख्य आधार बनाएर आगामी वर्षको योजना तर्जुमा गरिएको जानकारी दिइन् । 

चालू आर्थिक वर्ष २०८२–८३ को १७ औँ अधिवेशनबाट स्वीकृत नीति, कार्यक्रम र बजेटको समीक्षा गर्दै अपूरा रहेका बहुवर्षीय कार्यक्रमहरूलाई आगामी वर्ष पनि निरन्तरता दिइएको उनले बताइन् । महानगरपालिकाले काठमाडौँलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित र नवप्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गर्ने दीर्घकालीन सोच राखेको उनको भनाइ छ ।

त्यस्तै महानगरपालिकाले सम्पादन गर्ने कार्य सम्बन्ध विषय क्षेत्रमा विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई अर्न ह्वाइल यु लर्न’ अवधारणा अनुसार इन्टर्नसिप, फेलोसिप र पार्टटाइम इन्गेजमेन्ट कार्यक्रमहरू सञ्चालन गरिने जनाएको छ । यसका साथै सवारी पार्किङ व्यवस्थापन सम्बन्धमा अध्ययन गरी कार्यान्वयन गरिने विषय पनि नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट