२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

काठमाडौं महानगरले विदेशी पाहुना समेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिबल आयोजना गर्ने

आइतवार , जेठ ३१, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाकी प्रमुख एवं कार्यवाहक मेयर सुनिता डंगोलले विदेशी पाहुना समेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको काठमाडौं फिल्म फेस्टिबलको आयोजना हुने बताएकी छन् । 

आइतबार आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले फिल्म फेस्टिबलको आयोजना गर्ने बताएकी हुन् । 

त्यस्तै, मौलिक तथा परम्परागत सिप, कला र ज्ञानको जगेर्ना, पुस्तान्तरण एवम पुनरोत्थानको लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, तथा वास्तुकलात्मक महत्वका निजी तथा संस्थागत भवन पुननिर्माण गर्न र सम्पदा वस्ती संरक्षण गर्न प्रोत्साहित गरिने उनले बताइन् । 

काठमाडौंलाई खुला तथा जीवन्त संग्रहालय र रचनात्मक सहरको रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘काठमाडौंलाई खुला तथा जीवन्त संग्रहालय र रचनात्मक सहरको रूपमा विकास गरिनेछ । यहाँका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, सामाजिक महत्वका मठ, मन्दिर, चैत्य द्योस्छें, वहा– वहि, हिती, पोखरी, गुम्बा, स्तुपा, चोक, ननि, डबली, फल्चा लगायतका संरचना तथा सम्पदा स्थलहरूको अध्ययन, डिजिटल अभिलेखीकरण, मौलिक नामाकरण, नक्सांकन, मर्मत, जिर्णोद्धार, पुननिर्माण गरी संरक्षण, सम्वर्धन र प्रवर्धन गरिनेछ ।’ 

इन्द्रजात्रा तथा सेतो मछिन्द्रनाथ जात्रा लगायतका अन्य ऐतिहासिक तथा साँस्कृतिक जात्रा मार्गमा सम्पदामैत्री भवनको फसाड (अगाडिको मोहडा) निर्माण गर्न प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट