२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

आज २०८२ साल भदौ २० गते शुक्रबारको राशिफल

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । आज २०८२ साल भदौ २० गते शुक्रबार। तदनुसार सन् २०२५ सेप्टेम्बर ५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं ।

मेष : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परोपरकारमा सक्रिय हुँदा स्वास्थ्यमा समस्या हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। रोजगारीको विकल्प देखेर मन रमाउने छ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। परिवारसँग रमाइलो घुमघामको तय हुनेछ।

मिथुन : दिन सामान्य छ। तपाईंको बोलीका कारण साथी टाढा हुने जोखिम छ। विदेशको रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले सताउने छ। परिवारभित्रको साथीले विश्वास नगर्ने खतरा छ।

कर्कट : दिन राम्रो छ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। निजी क्षेत्रको लगानीबाट नाफा हुनेछ। घरजग्गाको कारोबार फस्टाउने छ। वैदेशिक रमझमले मन रमाउने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य छ। आलोचना गर्ने साथीको संख्या बढ्नेछ। योजना गोप्य राख्नु उचित हुन्छ। बौद्धिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कन्या : दिन राम्रो छ। धार्मिक क्षेत्रमा मन जानेछ। विज्ञको सुझाव स्वीकार गर्दा फाइदा हुनेछ। भूमि सम्बन्धी कारोबारबाट फाइदा हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ।

तुला : दिन सामान्य छ। अरुको काम गर्दा आफ्नो दैनिक काममा अवरोध हुनेछ। अप्रिय खबरले मन अशान्त बन्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

वृश्चिक : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परिवारमा भने कामको बोझ थपिने छ। पुराना साथीसँगको भेटले मन खुशी हुनेछ।

धनु : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। साथीको सहयोग मिल्नेछ। प्रतिभाको प्रदर्शन गर्ने दिन छ। सम्पत्तिको सदुपयोग गर्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा पहुँच विस्तार हुनेछ।

मकर : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। शिक्षामा गरेको प्रयासबाट उन्नति हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको नाम चर्चामा आउने छ। परिवारमा रमाइलो घुमघाम हुनेछ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक यात्रामा समय र धन खर्च हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। साना कुरामा मन अशान्त बन्ने जोखिम छ। परिवारको साथ र सल्लाहमा अगाडि बढ्दा नाफा हुनेछ।

मीन : दिन सामान्य छ। आम्दानीका स्रोत सबल भए पनि थप मिहिनेत गर्नुपर्ने दिन छ। साथीले असहयोग गर्ने जोखिम छ। थोरै बोलेर अगाडि बढनु उचित हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारमा खटपटी बढ्ने जोखिम छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट