२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

एमाले विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

२२ गतेसम्म चल्ने महाधिवेशनमा देशभरका प्रतिनिधि र आयोजक गरी दुई हजार ३ सयभन्दा बढी सहभागी हुनेछन्। बिहान ९ बजेदेखि प्रतिनिधिलाई प्रवेश गर्न भनिएको छ भने २,८४० सिट क्षमताको हलमा चारवटा गेटमार्फत प्रवेशको व्यवस्था मिलाइएको छ। अध्यक्ष ओलीका लागि भने छुट्टै प्रवेशद्वार प्रयोग हुने मञ्च व्यवस्थापन समितिले जनाएको छ।

महाधिवेशनमा उद्घाटन सत्रपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। स्थायी कमिटी सदस्य कर्ण थापाले दर्ता गराएको फरक मत पनि आजै सभामा प्रस्तुत हुनेछ।

अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका प्रतिवेदन पनि महाधिवेशनमा पेश गरिने कार्यक्रम छ। भदौ २१ गते समूहगत छलफल र २२ गते निष्कर्ष प्रस्तुतिसहित प्रतिवेदन पारित गर्दै महाधिवेशन सम्पन्न हुने एमालेले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट