काठमाडौं । नेपाल सरकारको प्रतिबन्धमा परेको सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर) र विच्याटले पनि सूचीकरणका लागि चासो देखाएका छन्।
सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौड्यालले एक्स र विच्याटले चासो देखाएको तर आधिकारिक रूपमा निवेदन दिइनसकेको बताए ।
त्यस्तै, फेसबुकको मुख्य कम्पनी मेटाका प्रतिनिधिले पनि सिंगापुरबाट सम्पर्क गरेको छ।
बिहीबार सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले २६ वटा सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएको थियो। उक्त निर्देशनपछि शुक्रबार बिहानैदेखि ती सामाजिक सञ्जालमा समस्या आएको छ।
प्रतिक्रिया दिनुहोस