काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषयलाई लक्षित गर्दै विधान महाधिवेशनमा विधि र विधानसँग सम्बन्धित विषयमात्रै उठ्ने बताएका छन् ।
आजबाट सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
ओलीले भने, ‘पार्टीमा कतिपय विषयहरू अनावश्यक ढङ्गले संवेदनशील बनाइएका छन् या बनेका छन् । तर, ती कुराहरू विधान संशोधनसँग सम्बन्धित छैनन् । त्यो विधान महाधिवेशनसँग सम्बन्धित विषय होइन । जुन विषय विधानसँग सम्बन्धित छैनन् ती प्रश्नहरू अन्यत्र कमिटीगत छलफलका विषय हुन् । त्यसबारेमा पार्टी कमिटीले छलफल गर्दै जानेछ ।’
विधान महाधिवेशनलाई विषय केन्द्रित भएर अगाडि बढाइने ओलीले बताए ।
प्रतिक्रिया दिनुहोस