काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारविरुद्ध गरिएको आलोचना दबाउन सामाजिक सञ्जाल बन्द गरिएको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको आलोचना गर्दै अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको बताएका हुन् ।
सरकारले बन्द गराएको भनिएको फेसबुकमा प्रचण्डले लेखेका छन्, ‘वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ ।’
सामाजिक सञ्जाल प्रकाशन र प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशको अपव्याख्या समेत भएको उनको आरोप छ ।
प्रतिक्रिया दिनुहोस