२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

आज २०८२ साल भदौ २१ गते शनिबारको राशिफल

शनिवार , भाद्र २१, २०८२

काठमाडौं । आज २०८२ साल भदौ २१ गते शनिबार। तदनुसार सन् २०२५ सेप्टेम्बर ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं ।

मेष : दिन राम्रो छ। तपाईंले सोचेका काम बन्नेछन्। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विपक्षी भनेका साथी शान्त रहेकाले काम सहज बन्नेछ।

वृष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। विदेशतर्फ मन आकर्षित हुने योग छ। आलोचना गर्ने साथीसँग सचेत भएर काम गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य छ। आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति सिर्जना हुनसक्छ। बोल्नु भन्दा अगाडि तीन पटक सोच्नु उचित हुन्छ। बन्धुसँगको साझेदारीले फाइदा हुनेछ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले सोचेका काम बन्नेछन्।

कर्कट : दिन सामान्य छ। साथीले असहयोग गर्नेछन्। राजनीतिमा अगाडि नबढ्नु राम्रो हुन्छ। आलोचना गर्ने साथीको संख्या बढ्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारभित्र सचेत भएर व्यवहार गर्नुपर्ने देखिन्छ।

सिंह : दिन राम्रो छ। शुभ ग्रहको बहुमत भएकाले आफन्तको साथ मिल्नेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। गुरुसँग सल्लाह लिएर काम गर्नु उचित हुन्छ। निजी क्षेत्रको लगानीबाट नाफा हुनेछ।

कन्या : दिन सामान्य छ। कामको बोझ थपिने छ। बोल्दा तीन पटक सोच्नु राम्रो हुन्छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ। राजनीतिक क्षेत्रमा अगाडि बढेर निर्णय नगर्नु राम्रो हुन्छ।

तुला : दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। गुरुसँगको भेटले सम्मान बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। स्वास्थयको विशेष ख्याल गर्नुपर्ने दिन छ।

वृश्चिक : दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। शिक्षा र राजनीतिक क्षेत्रबाट भने लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सेवाको असर मिल्नेछ। परिवारभित्र भने मनमुटाव बढ्नेछ।

धनु : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। विपक्षी साथी बौद्धिक भएकाले विरोधको आवाज सुन्नुपर्ने छ। तपाईंको विजयमा भने कसैले अवरोधन नगर्ने देखिन्छ।

मकर : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्ने समय छ। स्वदेशमा विकल्प देखेर खुशी बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। धार्मिक कुरामा अविश्वास बढ्नेछ।

कुम्भ : दिन राम्रो छ। यात्रामा अनावश्यक खर्च भए पनि तपाईंको नामको चर्चा हुनेछ। परिावारभित्र भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीन : दिन सामान्य छ। अनावश्यक खर्च बढ्नेछ। साथीसँग सानासाना कुरामा मनमुटाव हुनेछ। बोल्नु अगाडि सोच्नु उचित हुनेछ। शिक्षामा ढिलासुस्ती हुने जोखिम छ। स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट