काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बिहान ९ बजेका लागि बैठक तय गरिएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई उपस्थितिका लागि निर्देशन दिइएको छ।
बैठकमा पछिल्लो राजनीतिक गतिविधि, सरकारसँगको सम्बन्ध, तथा पार्टीभित्रका समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
पछिल्ला राजनीतिक गतिविधि, सरकारसँगको सम्बन्ध, र पार्टीभित्रका समसामयिक विषयहरू बैठकको एजेन्डामा पर्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस