२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

राजनीतिक प्रस्ताव तयार गर्न एमालेले बनायो योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति

शनिवार , भाद्र २१, २०८२

काठमाडौं । नेकपा (एमाले) ले दोस्रो विधान महाधिवेशनका लागि समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न सचिव योगेश भट्टराईको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको समितिमा स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्य उषाकला राई, सृजना काफ्ले र माधव ढुंगेल सदस्य रहेका छन्।

समितिले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकासम्बन्धी चासोबारे महाधिवेशनको धारणा तय गर्ने संयोजक भट्टराईले जानकारी दिए।

ललितपुरमा जारी विधान महाधिवेशनमा आज विभिन्न प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट