२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न योगेश भट्टराईको संयोजकत्वमा समिति गठन

शनिवार , भाद्र २१, २०८२

काठमाडौं । नेकपा एमाले विधान महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न पार्टीका सचिव योगेश भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको छ ।

गोदावरी जारी एमालेको विधान महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो ।

आज सुरु भएको महाधिवेशनको बन्दसत्रमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भट्टराईको संयोजकत्वमा सात सदस्यीय लेखन समिति गठन गरिएको घोषणा गरे ।

समितिमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरू उषाकला राई, सृजना काफ्ले र माधव ढुङ्गेल सदस्य रहेका छन् ।

समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकाको चासोबारे महाधिवेशनको धारणा तय गर्ने संयोजक सचिव भट्टराईले बताए । एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट