२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

नेपालको हरेक राजनैतिक क्रान्तिमा आदिवासी जनजातीको महत्त्वपूर्ण योगदान छ : उपसभापति गुरुङ

शनिवार , भाद्र २१, २०८२

पोखरा । नेपालको हरेक राजनैतिक क्रान्तिमा आदिवासी जनजातिहरुको महत्त्वपूर्ण योगदान रहेको नेपाली कांग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले बताएका छन् ।

शनिबार पोखराको फिर्के तमु समाजमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ कास्की क्षेत्र नम्बर ३ को प्रथम क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उनले नेपालको हरेक परिवर्तनमा आदिवासी जनजातिहरुको ठूलो योगदान रहेको भन्दै त्यसलाई पछिल्लो पुस्ताले भुल्दै गएको उल्लेख गरे ।

इलामको सात खाल्दे भन्ने ठाउँमा २०१९ सालमा तत्कालीन शाही सेनाले सात जनालाई जीउँदै पुरेको प्रसङ्ग जोड्दै उनले ती सात जना मध्ये एक जना गुरुङ र ६ जना राई रहेको स्मरण गराउदै नेपालको महत्त्व राजनीति परिवर्तनमा आदिवासी जनजातिहरुको यस्तै सयौं योगदान रहेको स्मरण गराए ।

गणेशमान सिंहलाई सधै लौ पुरुष मात्रै भनेर व्याख्या गरिएको प्रसङ्ग जोड्दै उनी जनजाति रहेको कुरा पनि भुल्न नहुने सहभागीहरुलाई पुर्व मन्त्री गुरुङको अनुरोध थियो । अधिकार मागेर मात्रै नपाइने भन्दै अधिकार खोसेर लिनको लागि सबै एकवद्ध भएर संगठित हुन उनले सबैलाई सुझाव दिए ।

पछिल्लो समय धेरै बोलेर नेता बनिन्छ भन्ने परिपाटी हावी बन्न खोजेको उल्लेख गर्दै बोलेर नभई कर्म गरे मात्र नेता बन्न सकिने उनले बताए । उनले भने, ‘जनताको मर्म बुझ्ने मात्रै नेता बन्छ, जनताको मर्म बुझ्नको लागि कर्म गर्नुपर्छ तर पछिल्लो समय चर्का चर्का कुरा गर्दैमा नेता बनिन्छ भन्ने सोचाइ हावी भएको छ ।’

पार्टी लाग्ने बित्तिकै मैले के भन्ने अभिव्यक्ति सुरु हुन थालेको भन्दै राजनीति प्राप्ति भन्दा त्याग सम्झेर लाग्नुपर्नेमा जोड दिए । अहिले नेतृत्वमा पुगेकाहरुपनी ठूलो त्याग र योगदान बाट पुगेको इतिहास भुल्न नहुने सहभागी सबैलाई उनले स्मरण गराए ।

कार्यक्रममा स्वागत मन्तव्य महासंघका वरिष्ठ उपाध्यक्ष मीन बहादुर गुरुङले राखेका छन् । लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ कास्कीका अध्यक्ष आश बहादुर गुरुङले कार्यक्रमको उदेश्य माथी प्रष्ट पारेका थिए ।

महासंघ उपाध्यक्ष भिम कुमारी गुरुङले सस्थाको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा महासंघका गण्डकी प्रदेश अध्यक्ष जित बहादुर गुरुङ, महासंघ केन्द्रिय सदस्य कृष्ण कुमार गुरुङ, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङ, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य सीता गुरुङ, गण्डकी प्रदेश सांसद सरस्वती गुरुङ, नेपाली कांग्रेस कास्की जिल्ला उपसभापति युवराज कुवर, नेपाली कांग्रेस केन्द्रीय सदस्य सरदा पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको सभापतित्व नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ कास्की क्षेत्र नम्बर ३ का सभापति राजु घलेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट