२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

यस्तो छ ओलीले रोकेको कर्ण थापाको फरक मत (पूर्णपाठ सहित)

शनिवार , भाद्र २१, २०८२

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले एमालेको दोस्रो विधान महाधिवेशनमा राख्ने भनिएको फरक मतको पूर्णपाठ सार्वजनिक गरेका छन् ।

समूहगत छलफल चलिरहेको एमालेको दोस्रो विधान महाधिवेशनमा छलफलअघि स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत राख्न दिने कार्यसूची थियो । तर, अध्यक्ष केपी शर्मा ओलीले रोकेका थिए ।

अब थापाको मतबारे महाधिवेशनको हलमा कुरा नहुने र समूहमा कुरा राख्न सक्ने छन् । थापाले विद्यादेवी भण्डारीको सदस्यता रोक्ने, ७० वर्षे उमेर हद हटाउने लगायतका प्रवाधानमा फरक मत राख्ने तयारी गरेका थिए ।

‘मैले हाम्रो पार्टीको प्रथम विधान महाधिवेशनदेखि हालसम्म पार्टीभित्र देखिएका मूलभूत समस्या र लिइएका निर्णय तथा ती निर्णयले पारेको र पार्न सक्ने असर तथा गर्नु पर्ने महत्त्वपूर्ण कार्यको बारेमा आफ्ना विचारहरू प्रस्तुत गरेको छु । नेपाली समाजका समस्याको समाधान गर्नसक्ने विचार जनताको बहुदलीय जनवाद हो । यो विचारलाई अगुवाइ गरी जनताको विश्वास प्राप्त गर्नसक्ने पार्टी हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) नै भएकोले यसलाई अझ बलियो, एकताबद्ध, सशक्ते बनाउनको लागि प्रस्तुत विचारले योगदान गर्न सक्नेछ भन्ने मेरो दृढ विश्वास रहेको छ’ उनको प्रस्तावमा भनिएको छ ।

महाधिवेशन आइतबार सम्पन्न हुनेछ ।

 

https://sunaulonepal.com/content/381440/

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट