पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमालेका नेताहरू नै सहकारी क्षेत्रको समस्याका जड भएको आरोप लगाएका छन् ।
शनिबार पोखराको लेकसाइडमा नेपाल उद्योग व्यापार महासंघले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी क्षेत्रमा ठगी गर्नेहरू कांग्रेस–एमालेका नेताहरू नै रहेको बताए ।
उनले ठगहरूलाई कारबाही गर्न खोज्दा आफू नेत्रृत्वको सरकार ढालिएको बताए ।
अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा रहेको बताउँदै आफू मध्यम वर्गकै प्रतिनिधि भएको बताए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा माओवादीको भूमिका निर्णायक रहेको बताए । माओवादीले बाध्यात्मक सम्झौतामार्फत ऐतिहासिक उपलब्धि हासिल गरेको उनले बताए ।
https://sunaulonepal.com/content/381487/
प्रतिक्रिया दिनुहोस