२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

नागरिकलाई सेवा सुविधा उपलब्ध गराउँदा झन्झट र दु:ख दिने कार्य सह्य हुँदैन् : प्रधानमन्त्री ओली

आइतवार , भाद्र २२, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा सुधार ल्याउन निजामती कर्मचारीलाई आग्रह गरेका छन् ।

निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले बदलिंदो विश्व परिवेश, प्रविधि र जनअपेक्षाअनुसार कर्मचारीले आफूलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, “नागरिक सेवा खोज्दै होइन, सेवाले नागरिक खोज्ने बेला आएको छ ।”

उनका अनुसार निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुन्छ । ढिलासुस्ती र दुस्ख दिने कार्यले नागरिकको विश्वास घटाएको भन्दै उनले पारदर्शिता, जवाफदेहिता र प्रविधिमैत्री सेवामार्फत मात्र विश्वास पुनःस्थापना गर्न सकिने बताए ।

प्रधानमन्त्रीले उच्च प्राथमिकतामा रहेको निजामती विधेयक संसदमा पारित हुने क्रममा रहेको जानकारी दिँदै सो कानूनले कर्मचारी वर्गको उन्नयनसँगै संघीयताको कार्यान्वयनलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

“समृद्ध नेपाल, सुखी नेपाली”को लक्ष्य पूरा गर्न व्यावसायिक, पारदर्शी र नागरिकमैत्री प्रशासन अपरिहार्य रहेको भन्दै उनले सम्पूर्ण निजामती कर्मचारीलाई उच्च मनोबलका साथ क्रियाशील हुन आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट