काठमाडौँ । जेएनजी पुस्ताले गर्ने आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि साथ दिने भएका छन् । आइतबार फेसबुक पेजमा लेख्दै प्रसाईंले यो आन्दोलनमा साथ दिने बताएका हुन् ।
जेएनजी पुस्ताले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा भ्रष्टाचारको विरोध, सुशासनको माग र सामाजिक सञ्जाल बन्दको विरोधमा आन्दोलन गर्ने भएको हो ।
प्रसाईंले भ्रष्टाचारविरुद्धको यस महाअभियानमा सबै नेपालीलाई धन्यवाद समेत दिएका छन् ।
उनले यो आन्दोलनमा चैत १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस