२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

जेनजी आन्दोलनमा बालेनको समर्थन, नेता-कार्यकर्तालाई बाठो नबन्न खबरदारी

आइतवार , भाद्र २२, २०८२

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले भोलि (भदौ २३ गते) हुने जेनजी पुस्ताको प्रदर्शनमा समर्थन जनाएका छन् ।

जेनजी पुस्ताले स्वतस्फूर्त रुपमा आयोजना गरेको प्रदर्शनमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद् र अभियन्ताहरुले आफ्नो स्वार्थ पूरा नगर्न पनि उनले खबरदारी गरेका छन् ।

फेसबुकमार्फत उनले भनेका छन्, ‘भोलि यो स्वतस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला ।’

जेनजीको आन्दोलनमा आफू उमेरहदका कारण सहभागी हुन नमिल्ने बताउँदै उनी लेख्छन्, ‘भोलीको र्‍याली स्पष्ट, स्वतस्फूर्तरुपमा जेनजीको हो, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जस्को लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ ।’

यद्यपी उनले आन्दोलनप्रति आफ्नो भरपुर समर्थन रहेको बताएका छन् । उनले जेनजीहरुलाई प्रश्न गर्दै सोधेका छन्, ‘प्रिय जेनजी, भन्नुस् तपाईंहरुले कस्तो देश देख्न चाहनु हुन्छ ?’

माइतीघर मण्डलमा भदौ २३ गते बिहान ११ बजे जेनजी पुस्ता प्रदर्शनमा उत्रिने भएका हुन् । प्रदर्शनबारे सामाजिक सञ्जाल टिकटकमा ट्रेण्ड नै चलिरहेको छ।

ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट