२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

नख्खु कारागारबाट रवि लामिछानेको सन्देश: जेनजीको भ्रष्टाचारविरोधी प्रदर्शनलाई ऐक्यबद्धता

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले जेनजी पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई ऐक्यबद्धता जनाएका छन् ।

आफ्नो निजी सचिवालयमार्फत पठाइएको सन्देशमा उनले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध गर्दै जेनजीहरूको आन्दोलनलाई समर्थन प्रकट गरेका हुन् । साथै उनले प्रदर्शनमा घुसपैठ हुन सक्ने भन्दै युवाहरूलाई सचेत रहन आग्रह गरेका छन् ।

लामिछानेले उक्त आन्दोलनलाई ‘इतिहासको नयाँ सुरुवात’को दिन भन्दै विवेक प्रयोग गरेर शान्तिपूर्ण ढंगले अघि बढ्न सुझाएका छन् । उनले भने, “सत्ता र शक्तिको नशामा चुर भएकाहरूलाई थाहा छैन, तपाईँहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ । घुसपैठ हुनसक्छ, सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन्, विवेक प्रयोग गर्नुहोस् ।”

उनले प्रदर्शनमा सहभागी सबैलाई शुभेच्छा, सद्भाव र ऐक्यबद्धता पनि जनाएका छन् । “भोलिबाट तपाईँहरू सडकमा ओर्लँदै हुनुहुन्छ । धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुन सक्छ । नख्खु जेलको कालकोठरीबाट म तपाईँहरूप्रति शुभेक्षा, सद्भाव र ऐक्यबद्धता प्रकट गर्दछु,” उनले भनेका छन् ।

यसअघि रास्वपाले विज्ञप्ति जारी गर्दै जेनजीको आन्दोलनलाई कुनै पनि समूह वा शक्तिले बिथोल्न नहुने भन्दै खबरदारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट