logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • अनुदान तथा खरिद दुवै मोडालिटीमा चीन, रुस र अमेरिकाबाट खोप ल्याउने सरकारको प्रयास

    अनुदान तथा खरिद दुवै मोडालिटीमा चीन, रुस र अमेरिकाबाट खोप ल्याउने सरकारको प्रयास

    3.1K
    Shares

    काठमाडौं । यसअघि भुक्तानी गरिसकेको कोभिड– १९ विरुद्धको कोभिसिल्ड खोप भारतबाट आउन ढिलाइ भएपछि सरकारले अन्य देशबाट खोप खरिद प्रक्रिया अघि बढाएको बताएको छ ।

    चीन, रुस र अमेरिकाबाट खोप खरिदका लागि कूटनीतिक प्रयास तीव्र पारिएको प्रधानमन्त्री केपी ओलीले सोमबार देशवासीका नाममा गरेको सम्बोधनमा बताएका हुन् । 

    खोप खरिदका लागि तीनै देशका काठमाडौंस्थित राजदूतसँग पनि सरकारले सहजीकरण गरिदिन अनुरोध गरेको छ  भने बेइजिङ र वासिङ्टनडिसीस्थित नेपाली राजदूतलाई सरकारले सक्रिय हुन निर्देशन दिएको छ । यद्यपी सबैभन्दा पहिले चीनबाट खोप आउने सरकारको विश्वास रहेको छ ।

    चीनमा राजदूत महेन्द्रबहादुर पाण्डे र अमेरिकामा राजदूत डा। युवराज खतिवडा सक्रिय छन् । रुसमा नेपाली राजदूत रिक्त भएका कारण नेपालस्थित राजदूतमार्फत सरकारले खोप ल्याउन पहल थालेको छ । प्रधानमन्त्री ओलीले गत साता नेपालस्थित रुसी राजदूत अलेक्सेई नोभिकोभलाई बालुवाटार बोलाएर यसबारे छलफल गरेका थिए ।

    प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईका अनुसार  तीन मुलुकबाट अनुदान तथा खरिद दुवै मोडालिटीमा खोप ल्याउनेबारे छलफल भएको हो। विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त कम्पनीबाट खोप खरिदका लागि प्रयास भएको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend