काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
जेनजी पुस्ताले गरेको प्रदर्शनमा हस्तक्षेप भएपछि स्थिति तनावग्रस्त बनेको छ । प्रहरीको गोली लागि घाइते भएका प्रदर्शनकारीको मृत्यु भएपछि स्थिति नियन्त्रणबाहिर गएको हो ।
प्रतिक्रिया दिनुहोस