काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ । जेनजी पुस्ताको आन्दोलनका बीच सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठक साँझ ५ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्नेछ ।
बैठकमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेनजी पुस्ताको आन्दोलनबारे छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस