२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

राष्ट्रिय झण्डा बोकेका युवालाई गोली हान्ने सरकारलाई क्षमा दिन सकिँदैन : चन्द्र भण्डारी

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राष्ट्रिय झण्डा बोकेका युवालाई गोली हान्ने सरकारलाई क्षमा दिन नसकिने बताएका छन् ।

उनले सोमबार जेनजी पुस्ताको प्रदर्शनमा सरकारले राष्ट्रिय झण्डा बोकेका युवामाथि गरेको दमनलाई क्षमा दिन नसकिने बताएका हुन्।

उनले लेखेका छन्, ‘सरकार, युवाको माग तुरुन्त पुरा गर, राष्ट्रिय झण्डा बोकेका युवालाई गोली, युवाको मृत्यु दुःखद्, क्षमादिन नमिल्ने काम नगर ।’

जेनजी पुस्ताको प्रदर्शनमा नयाँ बानेश्वरस्थित संसद भवनमा सरकारले प्रदर्शनकारीहरुमाथि गोली चलाएको छ । यो घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ भने सैयौँ घाइतेको उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट