काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहीबेरदेखि जारी रहेको हो ।
आज बसेको यो मन्त्रिपरिषद् बैठक नियमित हो ।
सोमबार काठमाडौंमा भएको जेनजीहरूको प्रदर्शनपछि बस्न लागेको यो बैठकलाई चासोका साथ हेरिएको छ ।
आजको जेनजी आन्दोलनमा अहिलेसम्म १८ जनाको मृत्यु भएको छ । बैठकले त्यसबारे पनि छलफल गर्नेछ ।
जेनजीहरुले आज (सोमबार) भ्रष्टाचार, अव्यवस्था र सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध प्रदर्शन गरेका थिए । उक्त प्रदर्सनमा नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा प्रहरीको दमन हुँदा अहिलेसम्म १८ जना प्रदर्सनकारीको मृत्यु भईसकेको छ । त्यस्तै धेरै घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस